Posts

Showing posts from November, 2013
             जोगी जातिको इतिहास सम्वन्धि जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा प्रलेख भेटिएको छैन तथापी वुढापाकाहरूका अनुसार जोगीहरूको आदिम वसोवासको थलो कुनै निश्चित थिएन र केही पछिको थलो चाहिँ    नेपाल को तेह्रथुम जिल्ला   रहेको मानिन्छ । आदिम अवस्थामा जोगीहरू घुमन्ते ' गण ' को रुपमा थिए । उनीहरूको कुनै स्थायी गाउँ वस्ती थिएन । आ-आफ्नो कूलको परिवारका विभिन्न गणको रुपमा जोगीहरूको वसोवास थियो । जङ्गलका प्राकृतिक आहार बटुलेर खाने त्यस युगमा ज्यादै ठूलो समूह एकै ठाउँमा बसी गुजारा गर्नु सम्भव थिएन । घुमन्ते जीवनयापनको क्रममा तिनै विभिन्न गणहरूको समूह ' जन ' वा ' कविला ' को रुपमा कुनै एक ठाउँमा भेला भई अस्थायी रुपमा बस्न पुगे । आफ्नो मूल गणवाट वनेका धेरै जन कविलाहरू विभिन्न ठाउँमा स्थायी घरवास वस्ति बसाली ' जाति ' को रुपमा बस्न थाले । यसरी जोगीहरू इकाइगत रुपमा जन र सामुहिक रुपमा जातिको रुपमा तेह्रथुम जिल्लाको   ओयाक्जुंग   गाविसमा स्थायी वसोवास गरे...