Posts

Showing posts from August, 2012

गजल के हो? र कसरी लेख्ने?

                 गजल के हो? र कसरी लेख्ने?   गजल को उत्पत्ती अरबी भाषाकाे स्तृलिङी शब्द गजल हो। प्रेमिकसङको सम्बाद वा भलाकुसारी नै अरबीमा यसको अर्थ हुन्छ। यसकारण गजलमा प्रणय वा प्रेम का कुराहरु कुनै न कुनै रुपमा उठान गरिन्छन। यसर्थ के बुझ्न सकिन्छ भने गजलमा सब्दगत सरलता हर्दिकता समर्पण त्याग जस्ता सारा कुराहरु हुनु आवस्यक छ। अरबीमा गजला भनेको हरिण को बच्चा हो। त्यही गजला सिकारी बाट घाइते भएपछी जुन संवेदनशिल चीत्कार निस्कन्छ त्यसको ध्वनी र गजलले प्रस्तुत गर्ने संवेदनशिलता उस्तै भएकोले यसैबाट गजला हुँदै गजल भएको मानिन्छ। अरबी मै अर्को भनाइ पनि पाइन्छ। अरबी भुमिका एक जना सायर जसले आफ्नो सारा जिबनलाइ मदिरा प्रेम र बिलासिततामा समर्पित गरेका थिए तिनै सायरको नाम गजल थियो। उनको मृत्युपछी उनै सायर को सम्झनामा अरबी भुमिमा गजल भन्ने नाम राखिएको हो।   नेपाली गजलकारको अनुसार गजल = ग +ज+ अल  हो। अरबी भाषामा ग को अर्थ वाणि ज काे अर्थ नारी र अल को अर्थ बोलचाल हो। त्यैसैले गजलको अर्थ नारी सगको बोलचाल वा सम्बाद भन्ने बुझिन्छ। सबै परिभाषा ला...

बेस्या संग बिताएको एक साँझ

    बेस्या संग बिताएको एक साँझ  एउटा होटलको रूम नं. ४ मा छु एक्लै ….. । यो होटल धरानको हो। धरानको कहाँनिर पर्छ ? भनिरहन आवश्यक छैन किन कि मैले यो होटेलको नाम यस कथामा खुलाउन उचित ठानिन यो कथाको लागि। हामीहरु फिल्डको काम लिएर त्यहाँ पुगेका थियौ र सबै साथीहरु फिल्डमा गैसकेका थिए | म भने अलि बिसन्चो भएको कारणले गइन। यसो भनौँ अल्छि लागेको कारण बिरामी भइ टोपलेँ र बसेँ। साथीहरूको नाम उल्लेख गर्दा पनि हुन्छ , नगर्दा पनि हुन्छ , त्यसैले उल्लेख गरिन। सरसर्ती कथामात्र अगाडि बढाउन चाहान्छु। म बसेको होटल सायदै त्यहाँको होटलहरूमध्ये सबैभन्दा महङ्गो हुनुपर्छ। कारण एउटा कोकको दाम मात्र २५। – रूपयाँ (बि.सं.२०६२ सालमा) पर्थियो | हिजोमात्र झापा घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको छ। समय बिताउन केही क्षण टि.भी. हेर्छु। स्पोर्ट , र नेशनल जोग्राफी बाहेक अरू च्यानल असाध्यै अल्छि लाग्छ र हेर्दिन। सबैभन्दा माथिल्लो तलामा छ हामी बसेको रूम। यसो बेला – बेलामा बाहिर निस्केर तल बाटोतिर हेर्छु । त्यहाँ पनि उही रिक्सा , उही गाडी वाक्कदिक्क। पुनः दिक्दार मानेर रूममा आउँछु र बेडमा पल्टन्छु। क...