जोगी, साधु, सन्त र सन्यासीवीचको फरक
वृहत नेपाली शव्दकोषमा शव्दको अर्थ खोज्दा जोगी, साधु, सन्त र सन्यासीलाई लगभग एउटै अर्थमा व्याख्या गरेको पाइन्छ । जसअनुसार 'जोगी' भन्ने शव्दको अर्थ केही नभएको वा रित्तो भएको भन्ने उल्लेख गरिएको छ र आजभोलि सामान्यतया यही अर्थमा जोगी शव्दको प्रयोग गर्ने गरिन्छ । साधु भन्नाले साँसारिक प्रपाच वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन विताउने व्यक्ति भनिएको छ भने सन्त भन्नाले व्यवहार वा विषयमा नअल्झी धर्म वा पुण्यकार्यमा लागेको व्यक्ति भनिएको छ । त्यस्तै सन्यासी भन्नाले घरवार परिवार त्यागेको भनिएको छ । यस्तो शव्दार्थ अनुसार साधु सन्त वाहेक जोगी र सन्यासीहरूको जीवन चलेको देखिदैन । जोगी र सन्यासीहरूको आफ्ना छुट्टाछुट्टै सामाजिक धार्मिक साँस्कृतिक परम्परागत आर्थिक जीवनपद्धती रहेका छन् । उनीहरू समाजमा पारिवारिक जीवन विताउँछन् । कसै-कसैले जोगी जाति र हिन्दू धर्मावलम्वीहरूले मात्र पूजाआजा गर्ने गरेका मठमन्दिरहरूमा पूजारीको रुपमा वा आश्रय लिएर वस्ने साधु सन्तहरू मगन्ते साधु सन्तहरू - जसलाई जोगी पनि भन्ने गरिएको छ र सन्यासीहरू एउटै हुन भन्ने गरेको पाइन्छ । साथै जोगी जातिलाई सन्यासीको समूहमा समेत राख्ने गरेको पाइन्छ । तर यिनीहरू वीच सामाजिक साँस्कृतिक आर्थिक धार्मिक जीवनपद्धति र सम्वन्धहरूमा मौलिक अन्तर रहेको छ । जोगी समुदायका व्यक्तिहरूको पारिवारिक सामाजिक दायित्व र अन्तरसम्वन्धहरू हुन्छन् । यस समुदायका व्यक्तिहरू साधुसन्तको रुप र भेषमा हिन्दू मठमन्दिरहरूमा वस्दैनन् । यस समुदायका व्यक्तिहरू भिक्षा माग्दा साधुसन्तको भेष धारण गरी त्रिशुल र कमन्डलु वोकेर हिड्दैनन् । उनीहरू फेरी नवजाई भिक्षा लिँदैनन् तर मगन्ते साधुसन्तहरू कहिल्यै फेरी वजाउँदैनन् र प्रयोग पनि गर्दैनन् । हिन्दू मठमन्दिरहरूमा साधुसन्तको रुपमा हिन्दुधर्म मान्ने जुनकुनै जातिका व्यक्तिहरू वस्न सक्दछन् भिक्षा माग्न सक्दछन । फेरी वजाएर जोगी वाहेक अन्य कुनै जाति वा समुदायका व्यक्तिहरूले भिक्षा माग्दैनन् । जोगीहरू फेरी फुक्ने कामलाई मौलिक परम्परा र साँस्कृतिक धार्मिक मान्यताको रुपमा लिन्छन् । जोगी जाति र साधुसन्तहरू वीच परम्परागत भेषभुषा खानपान रहनसहन सँस्कारहरू/रितिथिति र परम्परागत मूल्य मान्यताहरू धार्मिक आस्था/परम्परा/संस्कार पेशा जीवनशैली र सामाजिकिकरण प्रकि्रयामा विल्कुलै तात्विक र विशाल अन्तर रहेको छ । जोगी एउटा छुट्टै जाति हो भने साधुसन्तहरू विभिन्न जाति र जात भित्रका व्यक्तिहरू हुन् । त्यसै गरि विशेषणको रुपमा प्रयोग हुँदै आएको जोगी र सन्यासी शव्दको भावार्थमा रहेको समानता जस्तै जोगी र सन्यासीहरू एउटै हुन् भन्ने गरेको पाइन्छ । आग्रह-पूर्वाग्रहमा आधारित वौद्धिक सामन्तवादी चिन्तनका कारण यि दुवै समुदायको सामाजिक साँस्कृतिक जीवनको गहिराईमा विश्लेषण नगरि जोगी र सन्यासीहरू एकै हुन् भन्ने गरेको पाइन्छ । तर यि दुई छुट्टा-छुट्टै जातिय समुदाय हुन् । यि दुई वीच उँच-निचको सामाजिक-साँस्कृतिक सम्वन्ध रहेको छ । धर्म, संस्कृति, भेषभुषा, खानपान, रहनसहन, परम्परा र पेशा/व्यवसायमा विल्कुलै भिन्नता छ र केही कुरामा पनि समानता पाईँदैन । जोगी जाति र सन्यासी समूह वीच धेरै मौलिक अन्तरहरू छन् । यि दुई एउटै समुदाय जात जाति वा समूह होईनन् । जोगी एउटा छुट्टै जाति हो आदिवासी जनजाति हो भने सन्यासी जात हो वाहुन क्षत्री ठकुरी जस्तै समुदायमा पर्ने तागाधारी समूह हो । यि दुई वीच परम्परागत भेषभुषा खानपान रहनसहन सँस्कारहरू/रितिथिति र परम्परागत मूल्य मान्यताहरू धार्मिक आस्था÷परम्परा÷सँस्कार पेशा जीवनशैली आदिमा मौलिक भिन्नताहरू रहेका छन् । जोगी जाति र सन्यासी समूह वीच मुलभूत रुपमा निम्न भिन्नताहरू रहेका छन् ।
परम्परागत भेषभुषा
जोगी जातिको आफ्नो मौलिक भेषभुषा रहेको छ तर सन्यासीको कुनै मौलिक भेषभुषा रहेको पाइँदैन ।
खानपान रहनसहन
जोगी जातिको मानिसहरू आफ्नै घरमा जाँड रक्सी वनाउँछन वंगुर पाल्छन् खान्छन् र विभिन्न सार्वजनिक कार्यहरू पूजापाठमा अनिवार्य रुपमा जाँडरक्सी र वंगुरको मासु चाहिन्छ तर सन्यासी हरू यसवाट अछुत रहन्छन् ।
'संस्कार,रितिथिति र परम्परागत मूल्य मान्यताहरू
जोगी जातिको आफ्नो छुट्टै मौलिक जन्म विवाह मृत्यु जस्ता सँस्कार रितिथिति र परम्परागत मूल्य मान्यताहरू रहेका छन् भने सन्यासीको पनि छुट्टै रहेका छन् । ७३टज्ञटण्ठस जोगीहरू फेरी फुक्ने कामलाई मौलिक परम्परा र साँस्कृतिक धार्मिक मान्यताको रुपमा लिन्छन् तर सन्यासीहरू फेरी कुनै पनि रुपमा प्रयोग गर्दैनन् । ७३टज्ञटण्ठस जोगी जाति र सन्यासीले मान्ने प्रमुख चाडपर्वहरू पनि फरक छन् जोगी जातिको प्रमुख चाड चण्डीपूर्णिमा हो भने सन्यासीको दशैँ तिहार हो ।
1.    जोगीहरूको आफ्नो छुट्टै १०८ वटा प्रकार र थर वंश कूल रहेको छ भने सन्यासीको पनि छुट्टै रहेको छ ।
2.    जोगी जातिको विवाह आफ्नै समुदाय भित्र मात्रै हुन्छ जोगी र सन्यासीको वीचमा विवाह हुँदैन ।
3.    जोगी जातिलाई सन्यासीहरूले व्राम्हण क्षत्री ठकुरीले जस्तै गरि केही खास खानपानमा छुवाछुत गर्दछन् ।
4.    जोगी जाति र सन्यासी का मानिसहरू मर्दा एक अर्काको लास छुन पाइँदैन ।
5.    वर्तमान नेपाली समाजमा व्याप्त मुख्यतया ३ तह तागाधरी मतवाली-मंगोल अछुतको सामाजिक पिरामिडमा जोगी जातिलाई दोस्रो तहको मतवाली-मंगोल समुदाय भित्र राखिएको छ भने सन्यासीलाई पहिलो तह तागाधरी समूहमा राखिएको छ ।

यसरी जोगी जाति र सन्यासी समूहका वीच ठूलो भिन्नता रहेको छ । यी दुई शव्दको भावार्थ र वुझाईको कमीका कारण यि दुईलाई एकै हो भनि भन्ने गरिएको मात्र हो ।

Comments

  1. यहाँ हरुको सल्लाह र सुजाब को खाचो छ कृपया आफ्नो सल्लाह र सुजाब दिनु होला धन्यबाद एडमिन नबिन योगी

    ReplyDelete
  2. खानपान रहनसहन
    जोगी जातिको मानिसहरू आफ्नै घरमा जाँड रक्सी वनाउँछन वंगुर पाल्छन् खान्छन् र विभिन्न सार्वजनिक कार्यहरू पूजापाठमा अनिवार्य रुपमा जाँडरक्सी र वंगुरको मासु चाहिन्छ तर सन्यासी हरू यसवाट अछुत रहन्छन् ।

    म पनि एउटा योगि कै छोरा हु जे माथी उल्लेख गरियको छ यो पाठ पुजा मा जाड रक्सी र बंगुरको मासु चडाइन्छ भनी उल्लेख गरियको छ हाम्रो समुदायमा न वंगुरको मासु चडाइन्छ त रक्सी नै यो लेख गलत हो भनेर त भन्दिन म मेरो अग्रज लाई सोधी पुन comment गर्नेछु एडमिन ज्यु।

    ReplyDelete
  3. धन्यबाद माहादेब सर हजुर को मिठो कमेन्ट को लागि
    यहाँ लाइ जानकारी गराउदछु मेरो अघिल्लो रेपोस्ट मा लेखेको छु हामि हरु जुन समाज मा रहेको छौ तेही समाज को सिको सिकेका छौ चाहे त्यो राई समाज मा होस् या फेरी मगर समाज मा होस् | तर यहाँ के भिन्नता छ भने पश्चिम नेपाल मा नाथ सम्प्रदाय छ नाथ सम्प्रदाय मा यो कुरा बर्जित भेटेको छु तर हाम्रो पुर्ब नेपाल को हिसाब मा यो जायज हो माथि उल्लेखित बिषय मा सार्बजनिक कार्य भनिएको छ तेसैले यसलाई कुल पुजा को रुप मा नलिई दिनु होला सार्बजनिक कार्य जस्तै बिहे भोज भतेर भन्ने बुझिन्छ | हजुर कुन क्षेत्र को हुनु भयो थाहा भएन तर जोगी को कुल मा जाड चाही चाहिन्छ नै यदि जाड नभएको खण्ड मा मर्चा चडाउने चलन छ |
    धन्यबाद
    एडमिन नबिन योगी

    ReplyDelete
    Replies
    1. This comment has been removed by the author.

      Delete
    2. This comment has been removed by the author.

      Delete
  4. माथि को लेख मा बिबाद सुगुर र जाड रक्सि भन्ने मा भैरहेको त्यसैले हजुर हरु कुन ठाउ मा हुनुहुन्छ र हजुर हरुको कस्तो सस्कार छ उल्लेक गरिदिनु होला कमेन्ट मा मात्र पूर्व को योगी जोगी को हक मा पश्चिम मा रहनु हुने प्रणामी दस्नामी नाथ को हक मा माफी माग्न चाहन्छु किन कि माथिको लेख ले पूर्व को केहि भाग लाइ मात्र समेटेको छ धन्यबाद|
    एडमिन नबिन योगी

    ReplyDelete

Post a Comment

Popular posts from this blog