जोगी (योगी) को बारेमा अस्पस्ट खोज
बिषय बस्तुगत रूपमा धेरै थोरै जे जति हुन्छ हामि सबैले जान्नै पर्ने हुन्छ आफ्नो जातिको बारे । पहिला पनि नेपाल सरकारबाट आफ्नो जाति पहिचानबाट अलग हुन पुगेका जात हुन् योगी अथवा जोगी । समग्रमा हेर्ने हो भने योगी, जोगी, गिरि ,पुरी ,भारती, कुवर, कमल र सन्यासीको एउटै पाटो अर्थात एउटै जाति बिशेसमा पर्न आउछ । तर फरक रहनसहन बसोबासको कारण कहिँ कुवर ,कहिँ योगी ,त कहिँ जोगी ,गिरि हुन पुगेको हो । जहाँ जो जस्तो अवस्थामा बसे पनि आ आफ्नो पहिचान बनाई सकेको अवस्था छ तर हामी जोगी (योगी) को भने अझै पहिचान खुल्न सकेको छैन । नया संबिधानले पनि हाम्रो जातिलाई समाबेश गर्न सकेन । समग्रमा हेर्ने हो भने पूर्व मेची देखि पश्चिम महाकाली सम्म बसोबास गर्दै आएका जोगी (योगी) को कुल संख्या १.८९ प्रतिसत छ जुन कि संबिधान को पानामा अटाउन प्रयाप्त छ तर किन अटेन त नेपाल सरकारले बनाएको नया संबिधानको पानामा ? मेरो २०६१/६२ को अध्यन self-research अनुसार हामी हरेक कुनामा छरिएर बसे सँगै हाम्रो संस्कार रीतिरिवाज धर्म कर्म गर्ने तरिका पनी फरक फरक भेटेको छु । पूर्वको निकै बढी बसोबास भएको ठाउ भोजपुर जिल्लाको बोया अनि तेरथुममा बसो बास गर्ने जोगी (योगी) को रहन सहन रितिरिवाजमा फरक पर्छ तेस्तै खोटांग, रामेछाप, ओखलढुंगा,सिन्धुली, उदयपुर, सुनसरी, मोरंग, झापा, इलाम, पाचथर सबैमा फरक फरक तेस्तै दाङ्ग, प्युठान,सल्यान, रोल्पा, रुकुम, सुर्खेत, महेन्द्र नगर, धनगढी, कैलाली, कन्चनपुर् बाके, बर्दियामा पनि फरक फरक छन् अनि गोर्खा, धादिङ्ग, नुवाकोट, दोलखामा पनि फरक फरक रितिरिवाज चालचलन पाइएको छ जस्तै पूर्वमा कति प्राय ठाउमा राई लिम्बुको चलनमा चल्ने उनीहरुकै जस्तो कुलपूजा अनि रितिरिवाज रहेको छ भने कतिप्राय ठाउँमा मगर संगको रितिरिवाज मेल खान्छ तेस्तै मध्यमाञ्चल र पस्चिमाञ्चलमा छेत्री बाहुनको जस्तो रितिरिवाज रहनसहन छ । हामी जहाँ भए पनि हामि जोगी (योगी ) हौ र हाम्रो यहि नै परम्परा हुनु पर्छ भन्ने खालको पाइदैन | जहाँ जस्तो अबस्थामा बसोबास गरेको छौ तेहीको सिको सिकेका छौ । जस्तो कि राईहरुको आफ्नै निएम छ लिम्बुको आफ्नै छ छेत्री बाहुन अनि मगर तामांगको सबैको आ आफ्नै खालको रितिरिवाज छ चाहे उनि हरु पूर्वमा बसेका हुन् या पश्चिममा रितिरिवाज मिल्छ तर हाम्रो जातिको तेसरी मिलेको मेरो अध्यनले पाएन । पूर्वमा मर्दा जलाइन्छ पश्चिममा गाडिन्छ सायद मलाइ लाग्छ यस्तै विभिन्न कारणहरु भएकोले हुन सक्छ हामिले आफ्नो पहिचान बनाउन नसकेको हो । पूर्व मात्रै समेटेर पनि पहिचान बन्दैन पश्चिम मात्रै समेटेर पनि पहिचान बन्दैन हामि पूर्व पश्चिम एक भए पछि सम्भब हुन्छ तर हामी एक हुने कसरि ? किन कि हामीमा जुन सस्कार छ तेही पहिचानको धरोहर बनेको छ। मैले मेरो Self-Research गरे अनुसार पूर्वको संखुवासभाको चैनपुरको पोखरी भन्ने ठाउमा पुगेर एक जना बृध हजुर बुवा संग सोधेको थिए ।हुन त अहिले म संग कुनै प्रमाणहरु त छैन त्यो बेला रेकोर्ड गरेको कुराहरु सबै नस्ट भै सकेको छन् त्यो बेला अहिलेको जस्तो मोबाइल थिएन मेमोरी पनि थिएन रिल वाला क्यामेरा र रिल वाला रेकोर्डर थियो म संग जुन रेकोर्डरको रिल दुर्भाग्याबस सुरक्षित राख्न सकिएन तर जति मलाइ याद भएको जति कुराहरु लेख्दै छु| हजुर बुवा हजुरलाई हामि जोगीहरुको उत्पतिको बारेमा के कति थाहा छ भनि दिनुहोस भन्दा उहाले भन्नु भएको कुराहरु यस्तो थियो | बाबु हामि हरुको जोगी (योगी ) को उत्पतिको बारेमा मैले सुने अनुसार गोर्खाको राजा पृथिवी नारायण साहले नेपाल एकीकरणको बेला भारतको राजस्थानबाट एकजना जोगी (योगी ) लाइ ल्याएर उहालाई रातभरी जोगी हो भन्दै फेरी बजाउदै हिड्नु लगाएका थिए जासुसको रुप मा | उहाँको काम थियो जोगीको रुप धारणा गरेर फेरी बजाउदै हिड्ने अनि को कहाँ बसेको छन् कहाँ कहाँ सत्रुहरु छन् तिनीहरुको पता लगाउनु थियो | अनि भोलि पल्ट भिक्ष्यामा सबै खुडा खुकुरी संकलन गर्ने जुन कि लडाई लड्नको लागि हात हतियार जम्मा गर्ने र अर्को पक्ष्यलाई कम्जोर बनाउने उदेश्यले थियो । जुन कुरा इतिहास पल्टाउने हो भने पनि पृथिवी नारायाण साहको नेपाल एकीकरणको बारेमा भारतबाट एउटा भिक्षु हतियार संकलन गर्नलाई ल्याएको उल्लेख छ । पछि नेपाल एकीकरण पछि उनिलाई गोर्खा दर्बारको एक छेउमा ठाउ दिएर राखिएको थियो जहा अहिले गोरखनाथको मन्दिर छ | यदी उहाको भनाइलाई सत्य मान्ने हो भने अब यहा एउटा प्रस्न उठ्छ ति भारतबाट ल्याइएको जोगी (योगी) भन्दा पहिला को थियो त ? जो कि ति नया जोगी भारतबाट आएर तेस्तो संकटकालको बेला नि रातिराति कराउदै हिड्दा पनि जनताले बिस्वास माने । यहाँ यो प्रस्ट हुन्छ कि पहिला नै कोहि थियो रातिराति कराउदै हिड्ने जोगी जो नया आउदा पनि जनताले बिस्वास माने हैन भने संकटकालको बेला रातिरति कराउदै हिड्दा जनताले बाकि राख्थे होलान त ? तेस्तै दोलखा सुस्पामा एक जना अन्दाजी ७५ पुग्नु भएको हजुरबुवा संग भेट भयो| उहालाई पनि सोहि प्रस्न गरेको थिए जोगी (योगी) उत्पतिको बारेमा | उहाको भनाइ अनुसार । बाबु हामि जोगी (योगी) घिमिरे बाहुनबाट उत्पति भएका हौ । घिमिरे बाहुनले ब्रतबन्ध गर्दा जोगी भेषमा देशान्तर पठाएको बेला पानिको मूल तर्नु हुन्न थियो| तर हाम्रो पुर्खाहरुले खोला तरेको हुनाले घर फर्किन नदिएर तेतिकै जोगीको भेषमा ३ डोरो जनाई लगाएर हिडेका हुन् | र अहिले पनि हामी ३ डोरो जनाई लाउछौ अब उहाको भनाई हेर्दा पनि सत्य नै लाग्छ किन कि मैले पश्चिम नेपालमा ३ डोरो जनाई लाएको देखेको छु| अनि पूर्वमा पनि खोटांग उदयपुर भोजपुरमा बस्ने जोगीहरुले लगाएको देखेको छु| यदि यो भनाइलाई आधार मान्ने हो भने हामि जोगी जोगी बीच बिहेबारी कसरि हुन्छ त ? किन कि हामी त सबै एउटै सन्तानको परियो । भनाइ छ ७ पुस्ता काटे पछि बिहे गर्न हुन्छ भन्ने चलन छ | यदी यसो हो भने ७ पुस्ता भन्दा पहिला चाहि कसरि बिहे भयो त ? अब लागौ पश्चिम नेपाल| प्युठान को तिराम भन्ने ठाउमा पनि तेस्तै एक जना बृध मान्छे संग भेट भएको थियो |उहालाई पनि सोधेको थिए । उहाको भनाइ एस्तो थियो| बाबु हामी जोगीहरु ने भन्ने ऋषि पालेर नेपाल नाम रहन गए जस्तै गरेर एकजना नाथ नाम गरेको मान्छे घुम्दै घुम्दै नेपाल आउनु भएको थियो । उहा विभिन्न ऋषिको आश्रममा बस्दै गोरखनाथको सरनमा पुग्नु भएछ | अनि उहा पुगे पछि गोरखनाथको दर्शन पाएर प्रसन्न भई आफ्नो सम्पूर्ण थात थलो बिर्सिएर नेपाल मै बस्नु भएछ | र हामि अहिले उहाको नै सन्तान हौ बाबु । अब उहाको भनाइलाई आधार मान्ने हो भने उहा त ऋषि थिए बिहे गर्ने त कुरै भएन फेरी बिहे गरेको पनि त उल्लेख छैन| भने हामी सन्तान चाही कसरि भयौ त ? यहा दुइटा कुरा चाही भारत संग जोडिएको हुना ले म २०६३ सालमा भारतको राजस्थान पुगे तेहा झुन्झुनु ,चुरु ,सिकर भन्ने ठाउमा धेरै जोगी (योगी ) को बस्ति भेटे उनिहरु संग कुरा गर्दा उनिहरुको सस्कारलाई नियाल्दा पश्चिम नेपालको जोगी (योगी ) हरु संग झन्डै झन्डै मेल खान्छ| गोत्र पनि मिल्दो रहेछ भैरुंग पनि मान्दा रहेछन |तर भाषा चाहि फरक |अब यसलाई आधार मान्ने हो भने हामि भारतबाट आएको देखिन्छ | तर कुरा के भने हामि या हाम्रा पुर्खा जहाबाट आए पनि जसरि बसे पनि हामी सबै जोगी (योगी ) हौ| र हाम्रो भाषा सभ्यता अनि संकार एक हुन जरुरि छ| अब को नया नेपालमा हाम्रो आफ्नो पहिचान खुलाउनुको लागि हामि सबै एक जुट हुनु जरुरि देखिन्छ ।
धन्यबाद
एडमिन नबिन योगी
सल्लाह र सुजाब को लागि तलको कमेन्ट बक्स मा लेखिदिनु होला
नविन सर नमस्कार
ReplyDeleteधेरै खुशी लाग्यो धेरै ठाउँ बुझेर लेख्नु भएको रैछ यस्तै भनाई छ यहाँ म त्यती जाने बुझेको त छैन तर पनी मेरो विचारमा - हाम्रो नाथ सम्प्रदाय अहिलेका अरु सम्प्रदाय भन्दा पुरानो हो जस्तो लाग्छ मलाई जब सिजा राज्यमा खसहरू आय त्यो बेलाको जातीय अवश्था अध्ययन गर्दा हाम्रो उत्पतीको निष्कर्ष निक्लेला किनकी त्यो बेलाको बर्दिनाथ देखी मुक्तिनाथ धाम सम्म र अहिलेको हरिदार पनी त्यही राज्य अन्तरगत प्रर्दछ ... अनी भगवान शिवको वासस्थान पनी त्यो राज्ययकै मानसरोवर हो .... मलाई लाग्छ सन्यास लिने घर संसार छोडने काम गरे जोगी बने र जोगीको कर्ममा लागे र तिनिहरू विचैमा जताबाट छोडे त्यतैबाट घरबार भई आजका जन्म जोगी बनेका हौ ..... मैले एउटा अछामको कथा सुनेको छु त्यहा वैजनाथ भन्ने मन्दीर छ र त्यहा योगी पुजारी हुन्छ गुठी छ र त्यहा पछी कोटे राजाको पालामा त्यहाको राजाले दशैमा रागो काटदा एकै चोटी काट्न उद्री गरेछ जोले काट्छु भनेर काट्न / छिनाल्न सक्दैन उसको जात खस्छ भने पछी कसैले मानेनछन पछी त्यो वैजनाथमा बस्ने एक जनाले म सक्छु भनेछ र राजाले आदेश दिएछ ... अनी हामी सक्छौ तर काटमार गर्दैनौ एक पटक वैजनाथको मुल योगीलाई सोध्छु भनेछ सोध्दा काट्ने त होइन तर बोली हालेपछी र अरू कोही ननिस्कीए पछी अब तिम्ले काट तर वैजनाथकै हतियार प्रयोग गर .... पछी वैजनाथबाट हतियार ल्याएर काटेछ .... अनी त्यहाका राजाले अब यो मान्छे यस्तो आटीलो सक्तिशाली छोडन हुन्न भनेपछी त्यही विबाह गरेर राख्न उर्दि जारी गरेर विबाह गराई दिएछन तिनैका सन्तान छन अछाममा तिनीहरु नामको पछाडी नाथ मात्र लेख्छन हो यसरी वस्ती प्रकृया फरक हुन सक्छ नाथ सम्प्रदाय पुरानो हो जस्तो लाग्छ मलाई
नमस्कार सर
ReplyDeleteधन्यबाद सर हजुरलाइ
आफुले जानेको सुनेको कुरा लाइ यहा ले सरल तरिका ले बताई दिनुई भएको मा
यसरि नै सबै बाट आफ्नो कथन बिछार अनि भनाइ हरुको अपेक्षा गर्दा छु|
एडमिन नबिन योगी
खै फरक फरक कुरो। म प्युठानदेखि। जोई कवर कुवर।देउता भैरवलाई मान्ने गरेका छौ। गोत्र हाम्रो तिर आत्रस्य र आलस्य भन्ने गरेका छौ। अरु ठाँउमा गोत्र परासर धनन्जय वत्स आदि भनेको सुनेको छु। यश बारे केही आधिकारिक जानकारी पाउन पाए आभारी हुने थिए।
ReplyDelete