दुरदर्शि पाइला रोकियो, हार भो जिन्दगी
सन्कुचित भावना भरियो, बेकार भो जिन्दगी

गन्तव्य बिहिन पाइला हरु अघि बड्दा
दुनियाले झुट्याइ हिड्ने समाचार भो जिन्दगी

परोपकारी बनी भावनाले ठेल्दा
सबै बाट तिरस्कृत उपकार भो जिन्दगी

साचो बनी झुट मा खेल्दा
ख्यालै नभै उपहार भो जिन्दगी

तेहि झुट मा साचो बन्दा
मिथ्या बनाइ गुहार भो जिन्दगी

खडेरी को बगर पछि
उर्लिएको बर्षात जङ्घार भो जिन्दगी

हेर्दा हेरदै बित्यो उमेर
मृत्यो को सङ्घार भो जिन्दगी

एडमिन नबिन योगी
चिसापानी एक खोटाङ
Photo

Comments

Popular posts from this blog