छोरा मानछे बिहे किन गर्छन ? सायद एऊटा श्रीमती को खर्च हिसाब गर्ने हो भने एक महीना मा बाहिर मस्ती गरेको भन्दा ४ गुणा ज्यादा हुन्छ । तर पनि यो सबै जानी जानी छोरा मान्छे बिहे गर्छन । बिहे मा लाखौ खर्च हुन्छ अनि हिम्मत भन्दा धेरै श्रीमती को इच्छा पूरा गरेर देखाउँछ। उसको लागि छत खोज्छ, उसको आराम को लागि जतन गर्छ, उसको लागि ५५ डिग्री को घाम मा खटिएको हुन्छ, उसको लागि हरेक मेहनत को भट्टीको आगो मा हिड़ी रहेको हुन्छ, यदि जरुरत पर्यो भने उसको लागि शरीर को अंग पनि बेच्न पछि पर्दैन, पैताला को छाला उप्किदा सम्म पनि हासी रहेको हुन्छ थाहा छ किन ? किन की छोरा मान्छे को यो आदत भगवान को जस्तै हुन्छ । किन की भगवान लाइ के जरुरत थियो र यो दुनिया अनि मानब पैदा गर्नु लाई ? अनि फेरी ऊनि हरुको खाने बस्ने रहने चीज हरु पैदा गर्नु लाई ? तर जरुरत थियो उहा लाई त्यसैले त पैदा गर्नु भयो नि । उहा चाहन्थे कसैले सद्भाव गरोस कसैले श्रदा गरोस र कसैले उहा को पूजा गरोस किन की जो उसको पूजा गर्छ उ त्यसलाई उति नै ख्याल पनि गर्छ । यही आदत भगवान ले छोरा मान्छे को मन मा लगाईं दिएको हुन्छ जसरी भगवान लाइ उहा को देन प्यारो लाग्छ त्यसरी नै हरेक छोरा मान्छे लाई आफ्नो श्रीमती प्यारो लाग्छ एउटा श्रीमान श्रीमती को लागि भगवान त हैन तर भगवानले जस्तै सबै थोक गरेको हुन्छ वा फेरी गर्ने कोसिस गर्छ । एउटा श्रीमती को जस्तो शरीर त उसले खोज्यो भने थुप्रै पाउँछ तर श्रदा सद्भाव पूजा अनी माया पाउन सक्दैन त्यसैले यही सब पाउन को लागि छोरा मान्छे बिहे गर्छन ।
नबीन योगी
नबीन योगी
Comments
Post a Comment