फेसबुकको जालमा फसाएर ठगी गर्ने अनिता र अनिलनाथ पक्राउ
- Sunday, Dec 11, 2016
- 18:00 PM ( 10 hours ago )
- Total Views: 8.4 K
काठमाडौं, मंसिर २६ – प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले फेसबुकमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । अपरिचित व्यक्तिलाई फेसबुकमा साथी बनाई आफू धनाढ्य व्यक्ति भएको परिचय दिँदै ठग्ने अनिलनाथ बोकी श्रेष्ठ र अनिता महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
ललितपुरका श्रेष्ठ र काठमाडौकी महर्जनलाई प्रहरीले मंसिर २३ गते पक्राउ गरेको हो । उनीहरुले फेक फेसबुक आइडी बनाई विभिन्न अपरिचित व्यक्तिलाई साथी बनाउँदै आफू सहयोग गर्न तयार रहको आश्वासन दिने गर्थे । त्यही अनुसार साथीका नाताले आफूले महँगा उपहार पठाएको र उपहार लिन आफ्नो बैंक खातामा पैसा हाल्न लगाउँदै ठग्ने गरेको प्रहरीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकमार्फत यसरी ठगिने क्रम बढ्न सक्ने भन्दै यस्ता खालका आश्वासन आए तत्काल व्यूरोमा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
Comments
Post a Comment