३ वर्षिया बालिका र आमालाई कुटपिट तथा यौन दुव्र्यहार गर्ने होटलका कर्मचारीलाई जरिवाना
- Sunday, Dec 11, 2016
- 19:51 PM ( 8 hours ago )
- Total Views: 4.3 K
खोटाङ, मंसिर २६– जिल्ला अदालत खोटाङले होटलमा काम गर्ने एक महिला र उनकी छोरीमाथि कुटपिट तथा यौन दुव्र्यबहार गर्ने तीनजनालाई एक लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ ।
सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आउनुभएकी दोर्पा एक महिला र उनकी ३ वर्षीया छोरीमाथि कुटपिट तथा यौन दुव्र्यबहार गर्ने होटल सञ्चालक हरिप्रसाद आचार्य र कामदार तिलक कार्कीलाई जनही १०÷१० हजार रुपैयाँ तथा प्रबन्ध निर्देशक दिपनारायण रिजालका छोरालाई पाँच हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने निर्णय सुनाइएको जिल्ला न्यायधीश शान्तिप्रसाद आचार्यले जानकारी दिनुभयो ।
नाबालक भन्दै प्रबन्ध निर्देशकका छोराको नाम भने गोप्य राखिएको छ । पीडित आमाछोरीमाथि गएको बैशाख १४ गते होटलमा कुटपिट तथा दुव्र्यबहार भएको थियो । यो समाचार उज्यालो अनलाइन बाट साभार गरिएको हो
Comments
Post a Comment