अखण्ड प्रदेश हैन, अखण्ड देश हुनुपर्छ।
नेपाल भित्रै अट्न सक्ने, मधेश हुनुपर्छ।
मधेशी, पहाडी र हिमाली सम्पूर्णलाई,
एउटै सुत्रमा बाध्ने, बलियो लेस हुनुपर्छ।
पहाड र हिमाल त, देशको खम्बा हुन्,
खम्बाहरु ठड्याउन, तराई बेस हुनुपर्छ।
ढिंडो, रोटी र भात, जेसुकै खाऊँ हामी,
नेपाली सबैको एउटै, साझा मेष हुनुपर्छ।
जतिसुकै भागबण्डा, गरे पनि केहि छैन,
अन्त्य मा हाम्रो नेपाल, सिङ्गो शेष हुनुपर्छ।
नबिन योगी
Comments
Post a Comment