उनी
संग बिताएका एक रातको प्रेम
प्रकाशित मिति: सोमबार, पौष २५, २०७३ समय: १४:०३:२४
उसले
भाइवरमा कोही अपरिचितलाई “हाई” भन्यो । एकै छिनमा उताबाट पनि “हलो” आइहाल्यो । ‘तिमी मलाई चिन्छौ ?’ केटीले सोधी, केटाले नचिने पनि अब चिन्ने बतायो । दुवै
जनाले भाइवरमा गफ गर्दा आफुलाई कुनै समस्या नभएको जानकारी दिए । केटीले आफु बिरामी
भएर घरमैं आरामका लागि बसेको बताइ । केटाले आफ्नो पनि विदाको दिन परेकोले कुरा
गर्न समय मिलेको बतायो । दुवै जनाले आफ्ना स्कुलदेखि क्याम्पससम्मका पढाईको कुरा
गरे । केटा युरोपमा रहेछ । केटी यता आफ्नै बुटिक चलाइ बसेकी । दुबै आत्मनिर्भर ।
नेपालमैँ बसे पनि केटी आधुनिक ।
शितल दहाल
१०
वर्षदेखि युरोपमा रहेको केटाको आधुनिकताको कुरै गर्नु परेन । घरपरिवारको पनि कुरा
भयो । केटाले आफ्ना परिवारका सबै युरोप र अमेरिकामा रहेको बतायो । केटाको यो
कुराले केटीलाई अलिकति विदेशको लोभ लाग्यो ।मनमा युरोप घुम्ने र फेसबुकमा युरोपका
ठूलाठूला शालिक, हरिया घाँसका बगैंचा र रेष्टुरेन्टमा खाँदै
गरेका अनि बडेमानका पुलमाथि बत्तिने कारमा कुदेको फोटो खिचेर सबैलाई देखाउने
सपनाले एकै पटक पहिले मरेका आशाहरु फेरि पलाए । गएको वर्षमात्र युरोप कै कुनै
देशले केटीलाई भिसा नदिएको थियो ।
कारणमा, “तिमी हाम्रो देशमा गयौ भने फर्कने आधार छैन” भनिएको थियो । त्यस यता केटीले
फेसबुकमा विदेशको फोटो सजाउने सपना देख्न छोडेकी थिई । केटाका आफन्त पनि सबै
विदेशमा छन् भने पछि केटीले कुराको रफ्तार बढाइ । केटाले पनि केटीका फेसबुकमा भएका
सबै फोटा हेरि भ्यायोे । गोरा गाला, कतै घुँडाभन्दा माथिसम्म
देखिएका छोटा पहिरन अनि झरनाको विचमा पालता लुगा लगाएर खिचेका फोटाले उभित्रको
रसायनिक पुरुष बिउँतायो । तर, यी दुबैले आफ्ना स्वार्थका
कुराको कुनै सुइँको दिएनन् । ‘मलाई बहिनी नभन्नुस् ल । बहिनी
भन्दा कस्तो कस्तो लाग्छ । खुल्नै गार्हो क्या ।’ केटीले भनी । उसले चाहेको यही
थियो, ‘साँच्चै हो त नी । हुन्छ नी ।’ उसले सहमती जनायो ।
साथी
पाएर दंग केटाले भाइवरमा नै भर्चुअल चकलेट पठायो । केटीले धन्यवाद सहित कफिका दुई
कप पठाइ । कुराको गति बढ्दै गयो । केटीले आफ्ना केहि गर्नु पर्ने महत्वपूर्ण
कामहरुलाई थाति राखि । केटाले पनि बल्ल पाएको सप्ताहन्तको विदामा गर्र्नै पर्ने
महत्वपूर्ण कामहरु नगर्ने बरु भाइवरमैँ कुरा गर्ने निर्णय कठोर निर्णय ग-यो । ‘वास्तवमा भन्ने हो भने’, केटाले भन्यो, ‘एउटा असल साथीको खोजीमा छु म ।’ केटी पनि फुरुगं भई उसका कुरा सुनेर । भनि, ‘साँच्चै ? म पनि । म पनि एउटा साथीकै खोजीमा थिएँ ।’
केटीले
पनि आफु आजसम्म कुनै केटाको साथी नबनेको र यो साथ नै पहिलो भएको बताइ । खुशीको यो
अवसरमा भाइवरमा एउटा रातो गुलाफको फूल पठायो केटाले । यो शुभ संकेतलाई सम्मानका
साथ रातो ओठको चुम्वन पठाइ केटीले पनि । केटो खुशीले मखलेल भयो । केटी उमंगले गदगद
भई । एकैछिन अघिको “हाई”बाट शुरु भएको कुराकानीले अब
प्रेमको रुप लियो । अँध्यारो रातमा विवेक र बासना सँगै लठारिन आइपुगे । दुबैले
चुम्वनको वर्षा गराए । एकले अर्कालाई खुबै माया गरेको घोषणा गरे र भविष्यमा पनि
गर्ने बताए । तर यथार्थ भने दुबै जनाले भन्न चाहेनन् । दुबै जन आफ्ना स्वार्थका
बन्दी थिए । राम्री केटी देख्नै नहुने कमजोरी थियो केटाको । धन भएको र विदेशमा
रहेको केटालाई पासोमा पार्ने नियत केटीको । तर यतिखेर त्यस्तो देखिएन ।
‘यु आर क्युट । आइ आइक यु ‘
‘डन्ट से द्याट । यु लुक रफ एण्ड स्टील हेण्डसम । आइ लब यु’
‘बेबी लभ मी’
‘बेबी एम डाइङ फर लभ’
‘डन्ट से द्याट । यु लुक रफ एण्ड स्टील हेण्डसम । आइ लब यु’
‘बेबी लभ मी’
‘बेबी एम डाइङ फर लभ’
कुराको
सिलसिला अझै सकिएन । केटीको मोवाइलको व्याट्रीले आफु मर्न लागेको संकेत ग¥यो । लोडसेडिङ्ग जो थियो । धन्न, त्यसै बखत यो अमर प्रेमलाई
बचाउन भगवानले साथ दिए झैं भयो उसलाई । बत्ति आयो । अमर प्रेममा देखा पर्ने
सानातिना व्यवधानहरु यसरी नै बाटो लाग्दै गए । यो प्रेम अब विवाहमा परिणत हुन कुनै
बेर नलाग्ने कुरा केटीको मनमा फूुलझैं फक्रियो । अनि सँगै फक्रियो युरोप घुम्ने
सपना । केटाको हाल अलग थियो । भाइवरमा भेटिएकीलाई जति नै गफ दिए पनि युरोपको एक्लो
जीवनले उसलाई गलत बाटोमा लगि सकेको थियो ।
कमाएको
पैसा जति गोरीहरुले लिन्थे । पहिला कमजोरी र त्यहि कमजोरी नै अहिलेको बाध्यता बन्न
गयो । उ विद्यार्थी भिसामा छिरेको थियो युरोप । तर, पढाई पूरा गर्न नसके पछि देश
फर्कन नसकेर उतै भासिएको । स्त्री उसको कमजोरी । पढाई पनि विगारेर घरको न घाटको भए
पछि कमाएको पैसा जति सबै रातको जीवनलाई मात्र खर्चने आदत । रक्सि र चुरोटसँगको
अन्तहिन र अटुट सम्बन्ध । भाइबरमा उनीहरु एक अर्काका राजारानी भइसके ।
कुराहरुको
अन्तहीन श्रृङखला एक पछि अर्र्काे विषयमा गए तर कुरा टुङ्गिएन । दुबै जनाले त्यो
दिन मात्र होइन, रात भर पनि गफ गरेरै विताए । रातमा के कुरा
हुन सक्छ ? उही जीन्दगी, सम्बन्ध, साथ । प्रेम र प्रेमका मात्रै कुरा भए । आधुनिक जमानाका केटाकेटीलाई कुनै
कुराले उनीहरुको मनको कुरा गर्न कसैले छेक्न सक्ने कुरै भएन । यहाँ त पनि कोही
निस्किएन । मनका कुरा, तनका कुरा । अनि नितान्त शरिरका कुरा ।
उनीहरुले साइबरमै हनिमुन मनाए । शरीर बाहेक अरु सबै कुरा प्राप्त हुने गरी । रात
बित्यो ।
‘हनी, रातै पो बितेछ’
‘कस्तो थकाई लागेझैँ पो भयो त डीयर’
‘कस्तो थकाई लागेझैँ पो भयो त डीयर’
अनि
भोली भाइबरमै भेट्ने सहमती भयो । अब यो भन्दा बढि कुरा गर्न न त विषय थियो न त
शक्ति नै । दुबै जनाको शक्ति क्षीण भएको थियो रात भरमा । दुनिया बिउँझियो, तर उनीहरु निदाए प्रेमको बिउ रोपेर । तर भाइवरमा त्यो भोलि फेरि कहिल्यै आएन ।
केटा त्यस यता कुनै दिन पनि भाइवरमा देखा परेन । केटीले इन्टरनेटका सारा विकल्पमा
सर्च गरी । फेसबुकमा सन्देश पठाइ । तर उताबाट कुनै जवाफ फर्केन । केटीले यो कुरा
सायद कहिल्यै बुझ्न सक्ने पनि छैन किनभने त्यसै रात पुलिसले गैरकानुनी रुपले बसेको
भन्दै केटालाई जेल पु¥याएको थियो । ओएस नेपालको सहयोगमा
Comments
Post a Comment