जोगी (योगी) को बारेमा अस्पस्ट खोज बिषय बस्तुगत रूपमा धेरै थोरै जे जति हुन्छ हामि सबैले जान्नै पर्ने हुन्छ आफ्नो जातिको बारे । पहिला पनि नेपाल सरकारबाट आफ्नो जाति पहिचानबाट अलग हुन पुगेका जात हुन् योगी अथवा जोगी । समग्रमा हेर्ने हो भने योगी, जोगी, गिरि ,पुरी ,भारती, कुवर, कमल र सन्यासीको एउटै पाटो अर्थात एउटै जाति बिशेसमा पर्न आउछ । तर फरक रहनसहन बसोबासको कारण कहिँ कुवर ,कहिँ योगी ,त कहिँ जोगी ,गिरि हुन पुगेको हो । जहाँ जो जस्तो अवस्थामा बसे पनि आ आफ्नो पहिचान बनाई सकेको अवस्था छ तर हामी जोगी (योगी) को भने अझै पहिचान खुल्न सकेको छैन । नया संबिधानले पनि हाम्रो जातिलाई समाबेश गर्न सकेन । समग्रमा हेर्ने हो भने पूर्व मेची देखि पश्चिम महाकाली सम्म बसोबास गर्दै आएका जोगी (योगी) को कुल संख्या १.८९ प्रतिसत छ जुन कि संबिधान को पानामा अटाउन प्रयाप्त छ तर किन अटेन त नेपाल सरकारले बनाएको नया संबिधानको पानामा ? मेरो २०६१/६२ को अध्यन self-research अनुसार हामी हरेक कुनामा छरिएर बसे सँगै हाम्रो संस्कार रीतिरिवाज धर्म कर्म गर्ने तरिका पनी फरक फरक भेटेको छु । ...
Popular posts from this blog
जोगी जातिको इतिहास सम्वन्धि जोगी जातिको इतिहास सम्वन्धि हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाईएका तथ्यहरूमा आधारित कुनै लिखित प्रामाणिक इतिहास वा प्रलेख भेटिएको छैन तथापी वुढापाकाहरूका अनुसार जोगीहरूको आदिम वसोवासको थलो कुनै निश्चित थिएन र केही पछिको थलो चाहिँ नेपाल को तेह्रथुम जिल्ला रहेको मानिन्छ । आदिम अवस्थामा जोगीहरू घुमन्ते ' गण ' को रुपमा थिए । उनीहरूको कुनै स्थायी गाउँ वस्ती थिएन । आ-आफ्नो कूलको परिवारका विभिन्न गणको रुपमा जोगीहरूको वसोवास थियो । जङ्गलका प्राकृतिक आहार बटुलेर खाने त्यस युगमा ज्यादै ठूलो समूह एकै ठाउँमा बसी गुजारा गर्नु सम्भव थिएन । घुमन्ते जीवनयापनको क्रममा तिनै विभिन्न गणहरूको समूह ' जन ' वा ' कविला ' को रुपमा कुनै एक ठाउँमा भेला भई अस्थायी रुपमा बस्न पुगे । आफ्नो मूल गणवाट वनेका धेरै जन कविलाहरू विभिन्न ठाउँमा स्थायी घरवास वस्ति बसाली ' जाति ' को रुपमा बस्न थाले । यसरी जोगीहरू इकाइगत रुपमा जन र सामुहिक रुपमा जातिको रुपमा तेह्रथुम जिल्लाको ओयाक्जुंग गाविसमा स्थायी वसोवास गरे...
डर लाग्छ ती मान्छेहरु देखि जसको दिलमा पनि दिमाग हुने गर्छ । हरेक मान्छे आफ्नो मतलब पछि रंग फेरेको देखेको छु मैले। मेरो मन कहिले कसैको नराम्रो चाहेन । यो कुरा आलग हो कि मैले त्यो कुरा कहिले साबित गर्न पनि सकिन । जब सम्बन्ध नया हुञ्छ तब मानिसहरु नजिकिनको लागि बाहाना खोज्छन । जब तेही सम्बन्ध पुरानो हुञ्छ मानिस टाढिनको लागि बहाना खोज्छन । जो मान्छे आज तिमि संग छ यो जरुरि छैन कि भोलि पनि तिमि संगै रहोस । तर जो मान्छे अहिलेको हाल साथ् मा छ तेस्को कदर गर्नु सिक्नु पर्छ । राम्रो समयले राम्रो कुराहरु याद दिलाउछ नराम्रो समयले राम्रो यादहरु सिकाएर जान्छ । मान्छेको अनुहारमा कहिले पनि नजानु तिमि किन कि मान्छेको अनुहार भन्दा ठुलो नकाब अरु केहि पनि छैन । जो तिमि संग मनले कुरा गर्छ उसलाई तिमिले दिमाग बाट जवाफ दिने पाप कहिले नगर्नु । मन हजार पटक चिच्याउछ चिच्याउन देउ जब कसैको कान सम्म तिम्रो आवाज पुग्दैन जान देउ उसलाई । यदि कोहि मान्छे तिमिलाइ साचिकै मन देखि चाहनछ भने उसले तिम्रो हरेक कमजोरी हरेक दुख सहि तिमिलाइ अँगाल्छ । पुरानो मान्छेहरु भाबुक थिए उनिहरु सम्बन्धलाइ सम्हाल्थे । त...
Comments
Post a Comment