डर लाग्छ ती मान्छेहरु देखि जसको दिलमा पनि दिमाग हुने गर्छ । हरेक मान्छे आफ्नो मतलब पछि रंग फेरेको देखेको छु मैले। मेरो मन कहिले कसैको नराम्रो चाहेन । यो कुरा आलग हो कि मैले त्यो कुरा कहिले साबित गर्न पनि सकिन । जब सम्बन्ध नया हुञ्छ तब मानिसहरु नजिकिनको लागि बाहाना खोज्छन । जब तेही सम्बन्ध पुरानो हुञ्छ मानिस टाढिनको लागि बहाना खोज्छन । जो मान्छे आज तिमि संग छ यो जरुरि छैन कि भोलि पनि तिमि संगै रहोस । तर जो मान्छे अहिलेको हाल साथ् मा छ तेस्को कदर गर्नु सिक्नु पर्छ । राम्रो समयले राम्रो कुराहरु याद दिलाउछ नराम्रो समयले राम्रो यादहरु सिकाएर जान्छ । मान्छेको अनुहारमा कहिले पनि नजानु तिमि किन कि मान्छेको अनुहार भन्दा ठुलो नकाब अरु केहि पनि छैन । जो तिमि संग मनले कुरा गर्छ उसलाई तिमिले दिमाग बाट जवाफ दिने पाप कहिले नगर्नु । मन हजार पटक चिच्याउछ चिच्याउन देउ जब कसैको कान सम्म तिम्रो आवाज पुग्दैन जान देउ उसलाई । यदि कोहि मान्छे तिमिलाइ साचिकै मन देखि चाहनछ भने उसले तिम्रो हरेक कमजोरी हरेक दुख सहि तिमिलाइ अँगाल्छ । पुरानो मान्छेहरु भाबुक थिए उनिहरु सम्बन्धलाइ सम्हाल्थे । तेस्पछिको मान्छे प्राक्टिकल भए यिनीहरु सम्बन्धबाट फाइदा लिन थाले । अहिलेको मान्छे प्रोफेसनल भैसके यदि तिमि सँग फाइदा लिनु छ भने तब मात्र सम्बन्ध जोड्छन । तर मैले त तिमीलाई तिम्रो खुसीको लागि सम्बन्ध जोडेको हुँ सानु । नबिन
जोगी (योगी) को बारेमा अस्पस्ट खोज बिषय बस्तुगत रूपमा धेरै थोरै जे जति हुन्छ हामि सबैले जान्नै पर्ने हुन्छ आफ्नो जातिको बारे । पहिला पनि नेपाल सरकारबाट आफ्नो जाति पहिचानबाट अलग हुन पुगेका जात हुन् योगी अथवा जोगी । समग्रमा हेर्ने हो भने योगी, जोगी, गिरि ,पुरी ,भारती, कुवर, कमल र सन्यासीको एउटै पाटो अर्थात एउटै जाति बिशेसमा पर्न आउछ । तर फरक रहनसहन बसोबासको कारण कहिँ कुवर ,कहिँ योगी ,त कहिँ जोगी ,गिरि हुन पुगेको हो । जहाँ जो जस्तो अवस्थामा बसे पनि आ आफ्नो पहिचान बनाई सकेको अवस्था छ तर हामी जोगी (योगी) को भने अझै पहिचान खुल्न सकेको छैन । नया संबिधानले पनि हाम्रो जातिलाई समाबेश गर्न सकेन । समग्रमा हेर्ने हो भने पूर्व मेची देखि पश्चिम महाकाली सम्म बसोबास गर्दै आएका जोगी (योगी) को कुल संख्या १.८९ प्रतिसत छ जुन कि संबिधान को पानामा अटाउन प्रयाप्त छ तर किन अटेन त नेपाल सरकारले बनाएको नया संबिधानको पानामा ? मेरो २०६१/६२ को अध्यन self-research अनुसार हामी हरेक कुनामा छरिएर बसे सँगै हाम्रो संस्कार रीतिरिवाज धर्म कर्म गर्ने तरिका पनी फरक फरक भेटेको छु । ...
मान्छे को भावना बुझ्ने दिमाग म सङ्ग पनि छ।तर तपाइको यो सब मन बाट निस्कियेको कुरा मा म सहमत छु।तर यो सब मैले गरेको छैन र चाहेको पनि छैन जस्ले मेरो खुसी चाहान्छ भने म पनि स्वार्थी हैन काले💗💗💗💗
ReplyDeleteहैट सक्की गो नि
ReplyDelete