Posts

Showing posts from November, 2012
जोगी , साधु , सन्त र सन्यासीवीचको फरक वृहत नेपाली शव्दकोषमा शव्दको अर्थ खोज्दा जोगी , साधु , सन्त र सन्यासीलाई लगभग एउटै अर्थमा व्याख्या गरेको पाइन्छ । जसअनुसार ' जोगी ' भन्ने शव्दको अर्थ केही नभएको वा रित्तो भएको भन्ने उल्लेख गरिएको छ र आजभोलि सामान्यतया यही अर्थमा जोगी शव्दको प्रयोग गर्ने गरिन्छ । साधु भन्नाले साँसारिक प्रपाच वा विषयासक्तिबाट टाढा रही परमार्थ चिन्तनमा जीवन विताउने व्यक्ति भनिएको छ भने सन्त भन्नाले व्यवहार वा विषयमा नअल्झी धर्म वा पुण्यकार्यमा लागेको व्यक्ति भनिएको छ । त्यस्तै सन्यासी भन्नाले घरवार परिवार त्यागेको भनिएको छ । यस्तो शव्दार्थ अनुसार साधु सन्त वाहेक जोगी र सन्यासीहरूको जीवन चलेको देखिदैन । जोगी र सन्यासीहरूको आफ्ना छुट्टाछुट्टै सामाजिक धार्मिक साँस्कृतिक परम्परागत आर्थिक जीवनपद्धती रहेका छन् । उनीहरू समाजमा पारिवारिक जीवन विताउँछन् । कसै-कसैले जोगी जाति र हिन्दू धर्मावलम्वीहरूले मात्र पूजाआजा गर्ने गरेका मठमन्दिरहरूमा पूजारीको रुपमा वा आश्रय लिएर वस्ने साधु सन्तहरू मगन्ते साधु सन्तहरू - जसलाई जोगी पनि भन्ने गरिएको छ र सन्यासीहरू एउटै हुन भन...
जोगी (योगी) को बारेमा अस्पस्ट खोज बिषय बस्तुगत रूपमा धेरै थोरै जे जति हुन्छ हामि सबैले जान्नै पर्ने हुन्छ आफ्नो जातिको बारे । पहिला पनि नेपाल सरकारबाट आफ्नो जाति पहिचानबाट अलग हुन पुगेका जात हुन् योगी अथवा जोगी । समग्रमा हेर्ने हो भने योगी, जोगी, गिरि ,पुरी ,भारती, कुवर, कमल र सन्यासीको एउटै पाटो अर्थात एउटै जाति बिशेसमा पर्न आउछ । तर फरक रहनसहन बसोबासको कारण कहिँ कुवर ,कहिँ योगी ,त कहिँ जोगी ,गिरि हुन पुगेको हो । जहाँ जो जस्तो अवस्थामा बसे पनि आ आफ्नो पहिचान बनाई सकेको अवस्था छ तर हामी जोगी (योगी) को भने अझै पहिचान खुल्न सकेको छैन । नया संबिधानले पनि हाम्रो जातिलाई समाबेश गर्न सकेन । समग्रमा हेर्ने हो भने पूर्व मेची देखि पश्चिम महाकाली सम्म बसोबास गर्दै आएका जोगी (योगी) को कुल संख्या १.८९ प्रतिसत छ जुन कि संबिधान को पानामा अटाउन प्रयाप्त छ तर किन अटेन त नेपाल सरकारले बनाएको नया संबिधानको पानामा ? मेरो २०६१/६२ को अध्यन self-research अनुसार हामी हरेक कुनामा छरिएर बसे सँगै  हाम्रो संस्कार रीतिरिवाज धर्म कर्म गर्ने तरिका पनी फरक फरक भेटेको छु । ...
Image
बहिनी तिमी उन्दैछौ रे माला मलाई सम्झेर फेरि तिमी रुन्छौ होला आत्मा जलाइ सम्झेर भो भो अब नरुनु जाँदै छ तिहार जान्न ओइलि मखमली हुन्न भलाइ सम्झेर आउला नि एक दिन हाम्रो पनि अनि राखौली मखमली फुलाइ फलाइ सम्झेर एडमिन नवीन योगि चिसापानी एक खोटाङ
Image
दुरदर्शि पाइला रोकियो, हार भो जिन्दगी सन्कुचित भावना भरियो, बेकार भो जिन्दगी गन्तव्य बिहिन पाइला हरु अघि बड्दा दुनियाले झुट्याइ हिड्ने समाचार भो जिन्दगी परोपकारी बनी भावनाले ठेल्दा सबै बाट तिरस्कृत उपकार भो जिन्दगी साचो बनी झुट मा खेल्दा ख्यालै नभै उपहार भो जिन्दगी तेहि झुट मा साचो बन्दा मिथ्या बनाइ गुहार भो जिन्दगी खडेरी को बगर पछि उर्लिएको बर्षात जङ्घार भो जिन्दगी हेर्दा हेरदै बित्यो उमेर मृत्यो को सङ्घार भो जिन्दगी एडमिन नबिन योगी चिसापानी एक खोटाङ
                                           हर्कबहादुर राई स्मृति प्रतिष्ठान काठमाडौँ                                                        अनामनगर काठमाडौँ                                      सहयोग स्वोरूप संकलन रकम प्रबासी मजदुर बाट           नाम                               ठेगाना                                               सहयोग वा सदस्य     रु प्रेम बहादुर तामाङ्          दुवाचौर धार्ना ५ ...