जिवनको 5 सत्य 1. कुनै फरक पर्दैन कि तपाईं जति नै सुन्दर हुनुस किनकी लङ्गुर र गोरिल्लाले पनि आफुतिर आकर्शित गर्दछ । 2. कुनै फरक पर्दैन कि तपाइको शरीर चाहे जति नै विशाल र मजबुत होस ,किनकी मसानघाटसम्म तपाइले आफुले आफैलाई लान सक्नुहुन्न । 3. तपाइको आयु चाहे जति नै लामो होस , आउनेवाला भोली लाई कहिल्यै देख्न सक्नुहुन्न । 4. कुनै फरक पर्दैन कि तपाइको अनुहार चाहे जति नै गोरो र चमकदार होस , किनकी अध्यारोमा प्रकाशको आवश्यकता पर्दछ । 5. कुनै फरक पर्दैन कि तपाईं चाहे जति नै धनी हुनुस र दर्जनौ गाडी तपाइसित होस किनकी घरको बाथरुम सम्म तपाइलाइ हिडेरै जानुपर्ने हुन्छ । त्यसैले सम्हालिएर हिड्नुस , समान भावले जिउनुस , जिन्दगी को यात्रा छोटो छ सबै सङ्ग समान ब्यबहार गर्नुहोस सम्मान को साथ जिउनुहोस नबीन योगी
Posts
Showing posts from December, 2016
- Get link
- X
- Other Apps
छोरा मानछे बिहे किन गर्छन ? सायद एऊटा श्रीमती को खर्च हिसाब गर्ने हो भने एक महीना मा बाहिर मस्ती गरेको भन्दा ४ गुणा ज्यादा हुन्छ । तर पनि यो सबै जानी जानी छोरा मान्छे बिहे गर्छन । बिहे मा लाखौ खर्च हुन्छ अनि हिम्मत भन्दा धेरै श्रीमती को इच्छा पूरा गरेर देखाउँछ। उसको लागि छत खोज्छ, उसको आराम को लागि जतन गर्छ, उसको लागि ५५ डिग्री को घाम मा खटिएको हुन्छ, उसको लागि हरेक मेहनत को भट्टीको आगो मा हिड़ी रहेको हुन्छ, यदि जरुरत पर्यो भने उसको लागि शरीर को अंग पनि बेच्न पछि पर्दैन, पैताला को छाला उप्किदा सम्म पनि हासी रहेको हुन्छ थाहा छ किन ? किन की छोरा मान्छे को यो आदत भगवान को जस्तै हुन्छ । किन की भगवान लाइ के जरुरत थियो र यो दुनिया अनि मानब पैदा गर्नु लाई ? अनि फेरी ऊनि हरुको खाने बस्ने रहने चीज हरु पैदा गर्नु लाई ? तर जरुरत थियो उहा लाई त्यसैले त पैदा गर्नु भयो नि । उहा चाहन्थे कसैले सद्भाव गरोस कसैले श्रदा गरोस र कसैले उहा को पूजा गरोस किन की जो उसको पूजा गर्छ उ त्यसलाई उति नै ख्याल पनि गर्छ । यही आदत भगवान ले छोरा मान्छे को मन मा लगाईं दिएको हुन्छ जसरी भगवान लाइ उहा को देन...
- Get link
- X
- Other Apps

यस्ता प्रहरीलार्इ कारवाही गर्ने कि फुली थप्ने गृहमन्त्रीज्यू ? अनलाइनमा एउटा खबर पढें । चटक्कै मुटु चुँडिने खबर । आक्रोश र घृणा एकसाथ ज्वालामुखी बनेर बिस्फोट हुने खबर । एउटी दलित महिलालाई बोक्सीको आरोपमा एउटा शिक्षकले दिसा खुवाउँदै पिटिपिटी मारेको खबर । त्यही पनि टाढा हो र काठमाण्डौं नजिक काभ्रेको सानो गौंथली गाउँमा । २-४ बर्ष पहिला हो र, यही मंसिर २१ गते मंगलवारका दिन । लुकिछिपी हो र, सबै गाउँलेको रोहवरमा । अनकण्टार एकान्तमा हो र, आफैँले पढाउने स्कूलको प्रांगणमा । प्रिय पाठकहरू ! तपाईंहरूले पनि पढ्नु भयो होला यो हृदयविदारक खबर । हत्या गरिएकी लक्ष्मी नेपालीको १० बर्षीय छोराले आँखाबाट साउन उराल्दै दिएको बयानले के तपाईंको छाती चिरिएन ? आँखामा सागर र मुटुभित्र सुनामी उर्लिएन ? मलाई त सहन निक्कै गारो भयो । पटक-पटक भक्कानिएँ । साँच्चै विछिप्त नै भएँ म त । ज्ञान र विज्ञानको युग अर्थात २१ औं शताब्दी । चन्द्रमामा मान्छेले पाइला टेकेको त धेरै भइसक्यो । वैज्ञानिकहरू पृथ्वी असुरक्षित भयो भन्दै सुरक्षित वासस्थानको लागि अर्कै ग्रहमा ब...
- Get link
- X
- Other Apps

मेरी ममीलाई मंगलबार स्कुलको पोलमा बाँधेर कुट्दै दिसा खुवाए, शुक्रबार ममी बित्नुभयो Posted by: Naya Patrika December 11, 2016 2 Comments प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान- ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो । म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ । त्यहीबीचमा भाइ धेरै रोयो । सायद आमाको दूध खान खोजेको थियो । त्यसैले मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लगेँ । त्यतिवेला सायद चार बजेको थियो होला । ममीलाई कोदो टिप्ने मेलामा भेट्यौँ । मेलाबाट छुटेपछि ममीले म र भाइलाई हतार–हतार घर ल्याउँदै हुनुहुन्थ्यो । किनकि घरमा गाई दुहुना छ, त्यसैले ममी आत्तिनुभएको थियो । त्यस्तै, करिब ५ बजेको हुनुपर्छ । मेरो स्कुलमा सामाजिक विषय पढाउने सर (हीरा लामा) र उहाँको आमा (काइलीमाया तामाङ) मोटरसाइकलमा आएर हाम्रो घर जाने बाटोमा बसेका रै’छन् । हामी आफ्नै बाटोतिर थियौँ । तर, बाटो रोकेर सरकी आमाले बोक्...
- Get link
- X
- Other Apps
केहि कलाकारका दिदि भाइ दाजु बहिनी, कस्का कति ? Thursday, Dec 08, 2016 16:56 PM ( 3 days ago ) Total Views: 31.7 K 3405 35 3440 काठमाडौं, मंसिर २३ – आफूलाई मनपर्ने सेलिब्रेटीका व्यक्तिगत कुराहरु जान्न पाउँदा निकै खुसी लाग्छ । उनीहरुको सार्वजनिक साथै व्यवसायिक जीवन त उसको प्रशंसकले देखेकै हुन्छ । तर उनीहरुका पारिवारिक कुराबाट जानकार हुन सहज छैन । मिडियाले पनि उनीहरुको काममा बढी चासो राख्ने हुँदा सेलिब्रेटीको व्यक्तिगत जीवनका कुराहरु कतिलाई थाहा हुँदैन । उनीहरुको कोसँग अफेयर छ जस्ता खबरहरु मात्रै मिडियामा आउँछन् । तर यहाँ केही सेलिब्रेटीका भाइबहिनी को कति छन् खोजी गरिएको छ । संचिता लुईंटेल अभिनेत्री संचिता लुँईटेल ५० र ६० को दशककी सफल अभिनेत्री हुन् । त्यस समय उनले अभिनय गरेका प्राय सिनेमाहरु सफल हुन्थे । करिअर राम्रोसँग उकालो लागेको समयमा संचिता आफैले करिअरमा ब्रेक लगाइन् । सँगै काम गर्दागर्दै प्रेम परेपछि उनले नायक निखिल उप्रेतीसँग विवाह गरिन् र सिनेमाबाट केही समय ब्रेक लिइन् । दुई सन्तानकी आमा बनिसकेपछि उनी फेरि सिने...
- Get link
- X
- Other Apps
आरपी भट्टराई : चिया पसल हुँदै लाजालाम, तितो सत्य उनका लागि सरप्राइज थियो Friday, Dec 09, 2016 13:55 PM ( 3 days ago ) Total Views: 21.5 K 1861 43 1904 काठमाडौं, मंसिर २४ – कलाकारितालाई आफ्नो रुचि भएको बताउने हाँस्य कलाकार आरपी भट्टराई राजारामको शुक्रबार बिहान निधन भएको छ । आफन्तको घरमा बेलुका सुतेका आरपीलाई बिहान अबेरसम्म नउठेपछि उठाउनका जाँदा मृत फेला पारिएको थियो । उनको निधनको कारण अहिलेसम्म खुल्न सकेको छैन तर उनको हृदयघातका कारण ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । विशेष गरी मोटो शरीर नै पहिचान भएका उनी प्रेसर र मधुमेहको बिरामी थिए । यसरी भएको थियो कलाकारिताको सुरुवात कलाकार आरपी भट्टराईको वास्तविक नाम रुद्रप्रसाद भट्टराई हो । ४५ वर्ष पहिले जन्मेका आरपिलाई उनको मोटो ज्यानबाट सबैले चिन्दथे । उनले कलाकारिता विस २०४३ देखि सुरु गरेका हुन् । सुरुमा उनले एक टेलिसिरियलमा बाल कलाकारको भूमिका निभाएका थिए । सानैदेखि स्कुलमा हुने नाटक बालकार्यक्रममा सहभागीता जनाउने उनको कलाकारिता बिचका केही वर्ष अध्ययनका कारण रोकियो । तर विस २०५...
- Get link
- X
- Other Apps
फेसबुकको जालमा फसाएर ठगी गर्ने अनिता र अनिलनाथ पक्राउ Sunday, Dec 11, 2016 18:00 PM ( 10 hours ago ) Total Views: 8.4 K 305 13 318 काठमाडौं, मंसिर २६ – प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले फेसबुकमार्फत ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । अपरिचित व्यक्तिलाई फेसबुकमा साथी बनाई आफू धनाढ्य व्यक्ति भएको परिचय दिँदै ठग्ने अनिलनाथ बोकी श्रेष्ठ र अनिता महर्जनलाई प्रहरीले पक्राउ गरेको हो । ललितपुरका श्रेष्ठ र काठमाडौकी महर्जनलाई प्रहरीले मंसिर २३ गते पक्राउ गरेको हो । उनीहरुले फेक फेसबुक आइडी बनाई विभिन्न अपरिचित व्यक्तिलाई साथी बनाउँदै आफू सहयोग गर्न तयार रहको आश्वासन दिने गर्थे । त्यही अनुसार साथीका नाताले आफूले महँगा उपहार पठाएको र उपहार लिन आफ्नो बैंक खातामा पैसा हाल्न लगाउँदै ठग्ने गरेको प्रहरीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फेसबुकमार्फत यसरी ठगिने क्रम बढ्न सक्ने भन्दै यस्ता खालका आश्वासन आए तत्काल व्यूरोमा खबर गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
- Get link
- X
- Other Apps
३ वर्षिया बालिका र आमालाई कुटपिट तथा यौन दुव्र्यहार गर्ने होटलका कर्मचारीलाई जरिवाना Sunday, Dec 11, 2016 19:51 PM ( 8 hours ago ) Total Views: 4.3 K 193 7 200 खोटाङ, मंसिर २६– जिल्ला अदालत खोटाङले होटलमा काम गर्ने एक महिला र उनकी छोरीमाथि कुटपिट तथा यौन दुव्र्यबहार गर्ने तीनजनालाई एक लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ । सदरमुकाम दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आउनुभएकी दोर्पा एक महिला र उनकी ३ वर्षीया छोरीमाथि कुटपिट तथा यौन दुव्र्यबहार गर्ने होटल सञ्चालक हरिप्रसाद आचार्य र कामदार तिलक कार्कीलाई जनही १०÷१० हजार रुपैयाँ तथा प्रबन्ध निर्देशक दिपनारायण रिजालका छोरालाई पाँच हजार जरिवाना र एक लाख क्षतिपूर्ति भराउने निर्णय सुनाइएको जिल्ला न्यायधीश शान्तिप्रसाद आचार्यले जानकारी दिनुभयो । नाबालक भन्दै प्रबन्ध निर्देशकका छोराको नाम भने गोप्य राखिएको छ । पीडित आमाछोरीमाथि गएको बैशाख १४ गते होटलमा कुटपिट तथा दुव्र्यबहार भएको थियो । यो समाचार उज्यालो अनलाइन बाट साभार गरिएको हो
- Get link
- X
- Other Apps

नेपाल मा विदेश बाट फ्रि कल कसरी गर्ने ? नमस्कार सम्पूर्ण यहाँ हरु लाई आज म विदेश मा रहनु हुने यहाँ हरु लाई नेपाल कसरी फ्री कल गर्ने भन्ने बारेमा जानकारी गराउँदैछू । सर्ब प्रथम त यहाँ हरुले आफ्नो मोबाइल मा whatscall भन्ने सफ्टवेर लगाउनुहोस त्यस पछि त्यस सफ्टवेर लाइ खोल्नुहोस अनी मुनि तीर हेर्नुहोस सफ्टवेर को त्यहा $ लेखेको देख्नु सक्नुहुनेछ त्यस $ मा क्लिक गर्नुहोस । अब यहाँ हरुले एउटा गोलों खेल खेलने गोलचक्कर देख्नुहुनेछ । त्यस को बिच मा GO भन्ने लेखेको छ त्यस माँ क्लिक गर्नुहोस र पूरा घुमिन्जेल हेरिहरनुहोस त्यस पछि एक ठाउ मा गएर रोकिनेछ । अब हेर्नुहोस रोकिएको ठाउँ मा कतिमा गएर रोकिएको छ तेती डलर यहाँ ले पाउनु भयो । त्यस पछि तल हेर्नु होस GO IT भनेर लेखेको छ त्यस मा क्लिक गर्नुहोस त्यस पछि बिज्ञापन आउछ तेस्लाई हेरिरहनुहोस जति धेरै बेर सम्म हेर्नु हुन्छ उति नै धेरै डलर प्राप्त हुन्छ । तेस्पछि आफ्नो डलर लिनु होस र कल बटन मा क्लिक गरेर आफ्नो आफन्त लाइ कल गर्नुहोस । यहाँ हरुको सहयोग को लागि इनबक्स मा सम्पर्क राख्नु होला | धन्यबाद ...